PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

कोरोना संक्रमित ४१ लाख नाघ्दा मृत्यु हुनेको संख्या २ लाख ८२ हजार ७ सय



पहिलोपोस्ट

कोरोना संक्रमित ४१ लाख नाघ्दा मृत्यु हुनेको संख्या २ लाख ८२ हजार ७ सय

कोरोना भाइरसबाट विश्वका ४१ लाख १ हजार ४ सय ८२ जना संक्रमित भएका छन्। विश्वभर यसै संक्रमणबाट २ लाख ८२ हजार ७ सय मानिसको ज्यान गुमिसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ। सबैभन्दा धेरै संक्रमण र मृत्यु संख्या संयुक्त राज्य अमेरिकामा देखिएको छ। अमेरिकामा मात्रै ७९ हजार ५ सय ५२ मानिसको ज्यान गइसकेको छ। त्यहाँ संक्रमितको संख्या १३ लाख २९ हजार २ सय २५ रहेको छ। अमेरिकामा ५८ हजार ६ जना ठीक भएर फर्किएका छन्। बाँकीको उपचार हुँदैछ।

संक्रमितको संख्याका आधारमा दोस्रो स्थानमा रहेको स्पेनमा अहिलेसम्म २ लाख २४ हजार ३ सय ५० जनामा कोभिड १९ देखिएको छ। त्यहाँ २६ हजार ६ सय २१ जनाले ज्यान गुमाएका छन्। बेलायतमा संक्रमितको संख्या २ लाख २० हजार ४ सय ४९ पुगेको छ भने मृत्यु हुनेको संख्या पनि ३१ हजार ९ सय ३० पुगेको छ।

अर्को युरोपेली मुलुक इटालीमा २ लाख १९ हजार ७० जनामा संक्रमण देखिएको छ भने त्यहाँ मृत्यु हुनेको संख्या ३० हजार ५ सय ६० रहेको छ। फ्रान्समा संक्रमितको संख्या १ लाख ७७ हजार ९४ पुगेको छ। त्यहाँ मृत्यु हुनेको संख्या २६ हजार ३ सय ८३ रहेको छ।

रसियामा संक्रमितको संख्या २ लाख ९ हजार ६ सय ८८ भए पनि मृत्यु हुनेको संख्या भने अन्य युरोपेली मुलुकको तुलनामा न्युन छ। अहिलेसम्म रसियामा १ हजार ९ सय १५ जना मृत्यु भएको छ। रसियापछि युरोपमा संक्रमणको तुलनामा मृत्यु दर कम भएको मुलु जर्मनी पनि हो। त्यहाँ १ लाख ७१ हजार ८ सय ७९ जनामा संक्रमण देखिँदा ७ हजार ५ सय ६९ जनाको मृत्यु भएको छ।

यता ब्राजिलमा भने संक्रमित र मृत्यु हुनेको संख्या लगातार माथि जाँदैछ। १ लाख ६२ हजार ६ सय ९९ जना ब्राजिलमा संक्रमित भएका छन्। त्यहाँ ११ हजार १ सय २३ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell