PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

यात्रु बोक्दै एम्बुलेन्स,दुई जना पक्राउ



पहिलोपोस्ट

यात्रु बोक्दै एम्बुलेन्स,दुई जना पक्राउ

काठमाडौः लकडाउनको समयमा केही एम्बुलेन्सको दुरुपयोग गरेको पाइएको छ। एम्बुलेन्सले बिरामी नभएर पैसा लिएर यात्रु बोक्ने गरेको भेटिएको छ। बारा प्रहरीले लकडाउनको समयमा एम्बुलेन्सको दुरुपयोग गर्ने दुई जनालाई पक्राउ गरेको छ।

बारा बिश्रामपुर गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय राजन पटेल र २७ वर्षीय अनिल पटेल रहेको प्रहरीले जानकारी दिएको छ।  उनीहरूले अन टेस्ट बिरामी बोक्ने एम्बुलेन्समा यात्रु बोकेको भेटेपछि प्रहरीले पक्राउ गरेको हो।

उनीहरू विरुद्ध अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय बाराले आइतबार धरौटी बुझाएर तारिखमा छोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell