PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

भारतबाट आएका थिए अधिकांश पछिल्ला संक्रमित



पहिलोपोस्ट

भारतबाट आएका थिए अधिकांश पछिल्ला संक्रमित

काठमाडौं : स्वास्थ्य मन्त्रालयले आज थप १० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ। यसरी थपिने १० जना कपिलबस्तु जिल्ला छन्। अहिलेसम्म कपिलवस्तुमा १५ जना संक्रमित भेटिएका छन्।

काठमाडौंको राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० का १० जनामा संक्रमण देखिएको हो। बुद्धभूमि नगरपालिकाका १ सय २५ जनाको कोरोना परिक्षणको लागि तीन दिन अघि काठमाडौं पठाइएको नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले जानकारी दिए।

लकडाउनपछि भारत, काठमाडौं लगायत विभिन्न ठाउँबाट आएका १ सय २५ जनालाई गौतम माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएको थियो।

संक्रमितहरुको उमेर १८ वर्षदेखि ३४ वर्षका छन्। एकजनाको उमेर नखुलेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। संक्रमितहरु सबै पुरुष हुन्।

यशोधरा गाउँपालिकाबाट ६२ जनाको परीक्षणका लागि पठाइएको थियो। आठवटामात्र रिपोर्ट आएको जानकारी गाउँपालिकाका सूचना अधिकारी अनिलकुमार ओझाले जानकारी दिए। ६२ जना नै क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell