
अफगानी क्रिकेट टिमका ब्याट्सम्यान शफिकुल्लाह शफिकमाथि ६ वर्षको प्रतिबन्ध लगाइएको छ।
अफगानिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान शफिकलाई भ्रस्टचारमा संलग्न पाएको भन्दै अगाडि ६ वर्षका लागि प्रतिबन्ध लगाएको हो। उनी अफगानिस्तान प्रिमियर लिग र बंगलादेश प्रिमियर लिगका क्रममा भ्रष्टचारसँग जोडिएको गतिविधिमा संलग्न रहेको आरोप प्रमाणित भएको थियो।
National team player Shafiqullah Shafaq has been banned from all forms of cricket for a period of six years after he accepted four charges related to the breaching of the ACB Anti-Corruption Code.
— Afghanistan Cricket Board (@ACBofficials) May 10, 2020
More: https://t.co/TuYaqGUQTk pic.twitter.com/nKYg3W1yBk
शफिकले पनि अफगानिस्तान क्रिकेट बोर्डको एन्टीकरप्सन युनिटले लगाएको ४ वटै आरोपको स्वीकार गरिसकेका छन्।
'शफिकुल्लाह शफिकलाई आर्टिकल २.१.१ तोडेकोमा दोषी पाइएको छ। यो आर्टिकल फिक्सिङ र यसको प्रयास गरेको या कुनै अरु तरिकाले अरु कसैलाई प्रभावित बनाउन खोजेको या यस्तो यस्तो पक्ष बन्नु जो कुनै प्रकारको करार या फिक्स गर्न खोज्नु या त्यसका लागि उपाय निकाल्नु या जानाजान खराब खेल्नु हो।' अफगानिस्तान क्रिकेट बोर्डले जारी गरेको बयानमा भनिएको छ।
सफिकुल्लाहले २०१८ मा २१ छक्का र १६ चौकाको मद्दतमा घरेलु टी २० नानगारहार च्याम्पियन्स ट्रफीमा दोहोरो शतक बनाएका थिए। उक्त खेलमा उनले ७४ बलमा २ सय १४ रन जोडेका थिए। फस्टक्लास क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने रेकर्ड पनि उनको नाममा रहेको छ। उनले ८९ बलमा दोहोरो शतक बनाएका थिए।
#OnThisDay in 2018, Shafiqullah Shafaq smashed the fastest double century in first-class cricket!
— ICC (@ICC) April 11, 2020
He reached the mark in 8️⃣9️⃣ balls and 1️⃣0️⃣3️⃣ minutes in Afghanistan's Alokozay Ahmad Shah Abdali four-day tournament 🤯 pic.twitter.com/8rZoGR9rVK
'आर्टिकल २.१.३ अनुसार स्वीकार गर्ने, खोज्ने, घुस दिन कोषिश गर्ने, या स्वीकार गर्ने या कुनै तरिकाले उपहारको लालच राख्ने, कुनै म्याच फिक्स गर्ने या फिक्स गर्न प्रयास गर्ने या कुनै तरिकाले खेल प्रभावित गरेर नतिजा प्रभावित पार्न खोज्ने रहेको छ।' बोर्डको बयानमा भनिएको छ।
३० वर्षे शफिकुल्लाहले अफगानिस्तानका लागि २४ एकदिवसीय र ४६ टी२० म्याच खेलेका छन्। २०१९ सेप्टेम्बरमा उनले अन्तिमपटक बंगलादेश विरुद्द टी २० म्याच खेलेका थिए।
'यी प्रावधानको कोड अनुसार शफिकुल्लाहले यी विषयहरुलाई स्वीकार गरेको पाइएको छ जुन अफगानिस्तान क्रिकेट बोर्ड द्वारा एन्टी करप्सन ट्रिब्युनलको सुनुवाइमा उनीमाथि धाराहरु लगाइएको छ,' एन्टिकरप्सन म्यानेजर अनवर शाह कुरैशीले भनेका छन्, ' यो एकदमै गम्भीर आरोप हो जहाँ सिनियर खेलाडी हाइप्रोफाइल घरेलु टुर्नामेन्टमा भ्रस्टाचारमा मुछिएको पाइएको छ।'