PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

अमिताभलाई 'एङ्ग्री योङ म्यान' बनाउने फिल्म 'जन्जिर'को ४७ वर्ष पूरा, बच्चन बने नोस्टाल्जिक



पहिलोपोस्ट

अमिताभलाई 'एङ्ग्री योङ म्यान' बनाउने फिल्म 'जन्जिर'को ४७ वर्ष पूरा, बच्चन बने नोस्टाल्जिक

भारतीय एक्सन ड्रामा 'जन्जिर' प्रदर्शनको आज ४७ वर्ष पूरा भएको छ। फिल्म सन् १९७३ को मे ११ मा प्रदर्शनमा आएको थियो। सुपर हिट जन्जिर स्टारर अमिताभ बच्चन नोस्टाल्जिक हुँदै फिल्मको पोस्‍टर सेयर गरे।

पोस्टरमा उनी र स्वर्गीय कलाकार प्राण देखिन्छन्। जसमा बच्चनको तस्विर भएको भाग श्यामश्वेत र प्राण भएको भाग रङ्गिन देखिन्छ। फिल्ममा भने उनी समाज परिवर्तनका लागि नैतिक हिसाबमा लड्ने युवाका रुपमा प्रस्तुत भएका छन्। उनी एक असल प्रहरी हुन्छन्।

भारतीय सिनेमा क्षेत्रमा रोमान्टिक ड्रामाको दबदबा थियो। त्यस समयमा सार्वजनिक भएको हो जन्जिर। फरक प्रस्तुति कै कारण फिल्म सफल रह्यो र स्थापित पनि भयो। यो फिल्म अमिताभ बच्चनको करियरका लागि पनि 'टर्निङ पोइन्ट' बन्यो। त्यसअघि उनी अभिनित फिल्महरु 'सात हिन्दुस्तानी', 'आनन्द', 'गुड्डी', 'बवार्ची', 'संजोग' लगायत सफल थिएनन्। फिल्म आनन्दका लागि उत्कृष्ट सहअभिनेताको उपाधि त पाए तर आम दर्शकमाँझ चिनिँन सकेनन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

47 years of ZANJEER ..

A post shared by Amitabh Bachchan (@amitabhbachchan) on

 

जब जन्जिरमा 'एङ्ग्री योङ म्यान'को भूमिका निभाए त्यसपछि उनले पछाडि फर्किएर हेर्नु परेन। सोही फिल्मका लागि फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेता मनोनित भए। त्यस समय रोमान्टिक फिल्मका लागि स्थापित कलाकारहरु थिए नै। एक्सन फिल्मका लागि भने अमिताभलाई नै हेरेर फिल्म लेखिन थाल्यो।

प्रकाश मेहरा निर्देशित जन्जिरमा 'बिग बच्चन'र प्राणसँगै जया बच्चन, अजित खान र बिन्दुको मुख्य भूमिकामा छन्। फिल्मलाई जावेद अख्तर र सलिम खानले लेखेका हुन्। उनीहरुको यो पहिलो सहकार्य हो।

फिल्‍मले तत्कालिन भारतमा व्याप्त भ्रष्टाचार र कमजोर आर्थिक वृद्धीदरबीच पिल्सिएका आम नागरिकको रिस र आवेग प्रस्तुत गरेको छ। त्यसपछि नै हो अन्य सिनेमाहरुले पनि राजनीतिक, सामाजिक सम्याहरुमाथि प्रश्न उठाउने कथावस्तु प्रस्तुत गर्न थालेको।

 जन्जिर भारत साथै त्यस समयको सोभियत युनियनमा पनि निकै रुचाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell