PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

दिल्लीबाट छुट्दै रेल, अनलाइनबाट मात्र बिक्री



पहिलोपोस्ट

दिल्लीबाट छुट्दै रेल, अनलाइनबाट मात्र बिक्री

नयाँ दिल्ली : भोलिबाट इन्डियन रेलवेजले आफ्नो सेवा क्रमिक रुपमा विस्तार गर्ने भएको छ। प्रारम्भमा ३० वटा रेल चल्न सुरु गर्ने आइतवार जानकारी दिइएको छ। नयाँ दिल्ली स्टेसनबाट यी रेलहरु दिवरुगढ, अग्रताल, होवार, पटना, विलाशपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैगलौर, चेन्नई, त्रिभुवन्थपुरम, मदगाउँ, मुम्बई सेन्ट्र, अहमदावाद र जम्मु तावीका लागि रेल छुट्नेछ।

त्यपछि इन्डियन रेलवेजले नयाँ रुटहरुमा सेवा संचालन गर्नेछ। रिजर्भ भएपछि २० हजार कोचहरु कोभिड १९ केयर सेन्टरका लागि परिचालन गरिने छ। दिनमा ३ सय श्रमिक स्पेसल संचालनमा ल्याउने तयारी भएको छ। आप्रवासी कामदारलाई घर पठाउनका लागि यी रेल सेवा संचालन हुनेछन्।

रेल संचानका लागि टिकट काउन्टर खुला हुने छैन। सबै अनलाइनबाट मात्रै बिक्री हुनेछ। टिकट आज ४ बजेबाट बिक्री गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell