PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

सांसद महतको आक्रोश : सिडिओहरु टाकुरे राजा भए, सांसद जिल्लामा जान पनि चाकडी गर्नुपर्ने?



पहिलोपोस्ट

सांसद महतको आक्रोश : सिडिओहरु टाकुरे राजा भए, सांसद जिल्लामा जान पनि चाकडी गर्नुपर्ने?

काठमाडौं : सत्तारुढ दलका सांसद गजेन्द्र बहादुर महतले सिडिओहरु टाकुरे राजा बनेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सात प्रदेश राजा र गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा बनेको भन्दै आक्रोश व्यक्त गरे।

उनले भने, 'लकडाउनको परिभाषा मैले बुझिन। लकडाउनले ७७ जिल्लाका सिडिओलाई टाकुरे राजा बनाएको छ। सात प्रदेश राजा बनेर बस्या छ। गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा बनेर बसेको छ।'

उनले जनाताको पीडा नबुझेको भन्दै जनतालाई पीर मर्का बनाउन लकडाउन बनेको हो भन्दै प्रश्न पनि गरेका छन्।

महतले सांसद जिल्लामा जानका लागि सिडिओको चाकरी गर्नुपर्ने र गृहमन्त्रालय धाउनुपर्ने अवस्था रहेको बताए। सभामुखलाई फोन गर्दा फोन नउठेको उनको गुनासो छ।

'माननीय जिल्लामा जान पाउँदैन। सामान्य फूली भएकाले चिन्दैन। सिडिओ गृहमन्त्रीको आदेश चाहिन्छ भन्छ। के लकडाउन भनेको यहि हो? जनतालाई दु:ख दिने भन्या हो। माननीयलाई चिन्दैन लकडाउनले? जिल्लामा जान राजा, महाराजा टाकुरे राजाहरुको सेवा र चाकडी गर्नुपर्छ?’ उनले प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell