काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गजेन्द्रबहादुर महतले लकडाउनमा जनताले दु:ख पाएको बताएका छन्। जनता मात्र होइन सांसदले पनि दुःख पाएको र त्यो दुःख दिने काम जिल्ला प्रशासन कार्यालयदेखि गृह हुँदै प्रधानमन्त्री कार्यालय सम्मले गरेको उनको आरोप छ।
सोमवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै लकडाउनले सिडिओलाई टाकुरे राजा बनाएको आरोप लगाए। उनले आफूहरू जिल्ला जान समेत सिडिओको चाकरी गर्नु परेको गुनासो गरे। त्यस्तै, लकडाउनमा गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराज भएको संज्ञा दिए।
'एउटा माननीय जिल्ला जानका लागि सिडिओको चाकरी गर्नुपर्छ। गृह मन्त्रालय धाउनु पर्छ। सभामुखलाई फोन गर्दा फोन उठ्दैन। एउटा सामान्य फुली भएकोले चिन्दैन। एउटा माननीय चिन्दैन। एउटा माननीय जिल्ला जान पाउँदैन,' सांसद महतले भने।