PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने राप्रपाका नेता कार्यकर्ता पक्राउ, कमल थापाले भने: तत्काल रिहा गर



पहिलोपोस्ट

भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने राप्रपाका नेता कार्यकर्ता पक्राउ, कमल थापाले भने: तत्काल रिहा गर

काठमाडौं : सीमा अतिक्रमणको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने राप्रपाका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतले नेपाली भूमि कालापानी-लिपुलेक क्षेत्रमा एकलौटी रुपमा मानसरोवर जाने सडक बनाएएको विरोधमा आज विहान प्रदर्शनमा उत्रिएका पूर्वराज्यमन्त्री कुन्ती शाहीसहित विद्यार्थी र महिला संगठनका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, महिला संगठनकी अध्यक्ष कुन्ती शाही, उपाध्यक्ष सरस्वती लामा, युवा उपाध्यक्ष कैलाश कटुवाल, मणि सिंखडा, महासचिव जगदीश राजभण्डारी, सचिव हिकमत जङ्ग कार्की, कोषाध्यक्ष गुणराज राजभण्डारी, विद्यार्थी उपाध्यक्ष शशी भण्डारी, महासचिव जनक फडेरा, उपाध्यक्ष निराजन बम, युवा सचिव सन्तोषी शाही ठकुरी, अभिषेक अधिकारी लगायत प्रहरी नियन्त्रणमा छन्।

नेपाली भूमिका पक्षमा प्रदर्शनमा उत्रिएका आफ्ना कार्यकर्ता पक्राउ गरेपछि राप्रपाका अध्यक्ष कमल थापाले तत्काल रिहा गर्न माग गरेका छन्।

‘नेपाली भूमी अतिक्रमणको बिरुद्धमा राप्रपा आबद्ध भातृसंगठनहरुले गरेको प्रदर्शनमा प्रक्राउ परेका सबैलाई तत्काल रिहा गरियोस्,’ थापाले भनेका छन्, ‘राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षाका लागि राप्रपा सदैव प्रतिबद्ध रहने छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell