PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बलिउड अभिनेत्री पुनम पाण्डे पक्राउ



पहिलोपोस्ट

बलिउड अभिनेत्री पुनम पाण्डे पक्राउ

बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डे पक्राउ परेकी छन्। नग्न तस्विर र विवादित वयानले चर्चामा रहिरहने पुनम लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी हुन्।

पुनमलाई मुम्बईको मरीन ड्राइवमा ४६ वर्षीय मित्र सैम अहमदका साथमा बीएमडब्लू कारमा सवार गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको समाचार संस्था पीटीआईले जनाएको छ।

लकडाउनका नियम तोडेको आरोपमा पक्राउ परेका दुबै जनाविरुद्ध मुद्दा दर्ता गरिएको सिनियर पुलिस इन्स्पेक्टर मृत्युंजय हिरेमठले जानकारी दिए। ‘दुबै जनाविरुद्ध नेशनल डिजास्टर एक्ट अन्तर्गत आइपीसीको धारा २६९ र १८८ अनुसार मुद्दा दर्ता गरिएको छ,’ उनले भने।

उनका अनुसार कारमा पुनम र उनका साथी विना कारण घुमिरहेका थिए। भारतमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि १७ मे सम्म लकडाउन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell