PahiloPost

May 15, 2024 | २ जेठ २०८१

बाराका पत्रकार पवन यादवमाथि अज्ञात समूहको आक्रमण, एक जना पक्राउ



राधेश्याम पटेल

बाराका पत्रकार पवन यादवमाथि अज्ञात समूहको आक्रमण, एक जना पक्राउ

वीरगंज : बाराका पत्रकार पवन यादवमाथि आक्रमण भएको छ। पत्रकार यादवमाथि आइतवार बेलुका करिब ९ बजे अज्ञात समूहले कलैया उपमहानगरपालिका-२ स्थित औधापुर हनुमान मन्दिर नजिक आक्रमण गरेका थिए।

पत्रकार यादवलाई उतर झिटकैयास्थित घर जाने क्रममा चारजनाको समूहले आक्रमण गरेको बताइएको छ। आक्रमणबाट पत्रकार यादवको निधारमा चोट लागेको छ। उनको कलैया अस्पतालमा उपचार गरिएको थियो।

पत्रकार यादवको शरीरभर निलडाम छ। उनको ल्यापटप, क्यामरा र मोटरसाइकलमा क्षति पुगेको छ। नेपाल प्रेस युनियन बारा शाखाका सदस्य यादवमाथि भएको आक्रमणको प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव र केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति मार्फत् भर्त्सना गरेका छन्।

उनीहरुले विज्ञप्तिमार्फत् घटनामा संलग्नहरुको पहिचान गरी कारबाहीको माग पनि गरेका छन्।

बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले घटनामा संलग्नहरुको खोजी कार्य शुरु भएको र एक जना पक्राउ परेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell