PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भारतीय राजदूतलाई परराष्ट्र मन्त्रीको कुटनीतिक नोट



पहिलोपोस्ट

भारतीय राजदूतलाई परराष्ट्र मन्त्रीको कुटनीतिक नोट

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनय मोहन क्वात्रालाई सीमाको विषयमा कुटनीति नोट हस्तान्तरण गरेका छन्।

परराष्ट्र मन्त्रालयमा डाकेर उनले भारतीय राजदूत क्वात्रालाई नेपालको धारणा प्रस्ट्याएका हुन्। परराष्ट्र मन्त्रालयले ट्विट गर्दै यसबारे जानकारी गराएको छ।

 

भारतीय गृहमन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै चीनको मानसरोबर जोड्ने सडकको उद्घाटन गरेपछि यो विषय सतहमा आएको हो। सन् २०१५ मा भारत र चीन द्वीपक्षीय समझदारीअनुसार नाका खुला गर्ने सहमति भएको थियो।

नेपाली भूमिमा भारतीय कब्जामा सडक निर्माण गरेको भन्दै नेपालमा विरोध भएको छ। दिनहुँजसो प्रदर्शन भइरहेको छ। त्यसैको फेरोमा परराष्ट्र मन्त्री ज्ञवालीले भारती राजदूतलाई बोलाएर कुटनीतिक नोट दिएका हुन्।

भारतले सडक उद्घाटन गरेलगत्तै नेपाल सरकारको चर्को आलोचना भएको थियो। त्यसपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा सडक बनाएकोमा आपत्ती जनाएको थियो।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका दुवै अध्यक्षको हस्तारसहित विज्ञप्ति समेत निकालेर भारतीय कदमको निन्दा गरिएको थियो भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसमा आपत्ती प्रकट गर्दै सरकार निरीह भएको आक्षेप लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell