PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

आज भेटिएका सप्तरीका संक्रमित किशोर लकडाउनमा चितवनबाट हिँड्दै पुगेका थिए गाउँ



पहिलोपोस्ट

आज भेटिएका सप्तरीका संक्रमित किशोर लकडाउनमा चितवनबाट हिँड्दै पुगेका थिए गाउँ

काठमाडौं : सप्तरीमा आज कोरोना संक्रमण पुष्टि भएका किशोर केही दिन पहिले चितवनबाट त्यहाँ पुगेको खुलेको छ।

१२ जनाको समूहमा उनीहरु चितवनबाट सप्तरी हिँड्दै गएका हुन्। त्यहाँ पुगेपछि उनीहरुलाई क्वरेन्टाइनमा राखिएको थियो। उनीहरु हिँडेर नै सप्तरी पुगेको डाक्नेश्वर नगरपालिका मेयर शिवनारायण साहले बताए।

'उनीहरु चितवनबाट हिँडेर आएको थाहा पाएपछि प्रहरीको सहयोगमा नियन्त्रणम लिएर क्वारेन्टाइनमा राखेका थियौं,' मेयर साहले पहिलोपोस्टसँग भने भने।

उनीहरु चितवनमा काम गर्दै आएको र लकडाउनपछि घर फर्किएका थिए। उनीहरुको आरडीटी परीक्षणसँगै पीसीआर परीक्षण समेत गरिएको हो। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिजल्ट आएको मेयर साहले बताए।

सप्तरीमा कोरोना संक्रमणको यो पहिलो केस हो। यससँगै देशभर संक्रमितको संख्या १ सय २१ पुगेको छ। आज बिहानमात्रै कपिलवस्तुमा १० जनामा संक्रमण देखिएको थियो। उनीहरु भने भारतका विभिन्न ठाउँमा नेपाल भित्रिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell