PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

कोरोना अपडेटः २४ घण्टामा दुई हजार आठ सयको परीक्षण, ११ संक्रमित थपिँदा दुई जना घर फर्किए



पहिलोपोस्ट

कोरोना अपडेटः २४ घण्टामा दुई हजार आठ सयको परीक्षण, ११ संक्रमित थपिँदा दुई जना घर फर्किए

काठमाडौं: नेपालमा १७ हजार ८०९ जनाको पीसीआर परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८ हजार ५४६ जनाको आरडीटी गरिएको छ।

पछिल्लो २४ घण्टामा दुई हजार ७९९ को कोरोना भाइरसको परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार एक सय ५३ जना आइसोलेसनमा छन्। स्वमूल्याङ्कन फारममार्फत ३४ हजार ५६२ ले कोरोनाबारे जानकारी लिएका छन्।

हाल १२ हजार ७०१ लाई क्वारेन्टाइनमा छन्।

सोमबार ११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय २१ पुगेको छ। जसमा ८९ पुरुष ३२ महिला छन्।

निको भएर घर फर्कनेको संख्या ३३ पुगेको छ। सोमबार दुई जना घर फर्कएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell