PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

भक्तपुरबाट काठमाडौं भित्रिने सवारी साधन जगातिमा यसरी हुन्छन् ‘डिसइन्फेक्ट’

भक्तपुरबाट काठमाडौं भित्रिने सवारी साधन जगातिमा यसरी हुन्छन् ‘डिसइन्फेक्ट’

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : भक्तपुरको जगाति हुँदै काठमाडौं प्रवेश गर्ने सवारी साधनलाई स्प्रे टनेलमार्फत संक्रमण रहित बनाउन शुरु गरिएको छ। सवारी साधनको माध्यमबाट कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै नियन्त्रणका लागि जगातिमा स्प्रे टनेल बनाइएको छ। टनेलको आइतवार उद्घाटन गरिएको थियो।

संक्रमण रहित गराउनका लागि काठमाडौं भित्रने सबै सवारी साधन यही टनेलबाट प्रवेश गर्नुपर्ने हुन्छ। ‘डिसइन्फेक्टेन्ट स्प्रे’ गरेरमात्र गाडी भित्रने हुँदा यसले संक्रमण फैलिनेक्रम रोक्ने विश्वास लिइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell