PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

आफ्ना नेतालाई रिहाईको मागसहित थलीमा नेविसंघको मसाल प्रदर्शन, पक्राउ परे प्रदर्शनकारी

आफ्ना नेतालाई रिहाईको मागसहित थलीमा नेविसंघको मसाल प्रदर्शन, पक्राउ परे प्रदर्शनकारी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: नेपाल विद्यार्थी संघले काठमाडौंको थलीमा मसाल जुलुस निकालेको छ।

नेविसंघले प्रहरीले पक्राउ गरेका विद्यार्थीलाई रिहाई गर्न माग गर्दै सोमवार साँझ मसालसहित प्रदर्शन गरेको हो।

भारतले सीमा मिचेको बिरोधमा तथा आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेको बिरोधमा जुलुस निकालेको थियो। भारत सरकारको कदमको विरोध गर्दै नेविसंघले दिउँसो प्रदर्शन गरेको थियो। प्रदर्शनस्थलबाट पक्राउ परेका नेविसंघ नेताहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।

राँके जुलुसमा निस्केका विद्यार्थी नेता मनिस सिम्खडा, कान्तिपुर क्याम्पसको स्ववियु सभापति पावल बज्राचार्य, सहिद आदर्श क्याम्पसका स्वबियु सभापति निराजन नेपाल लगाएतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell