PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

साइबर सेक्युरिटी भन्दै प्रहरीको नाम लिएर कुनै सूचना मागिएको छ? नदिनुस्, ब्ल्याकमेलिङ हुनसक्छ



पहिलोपोस्ट

साइबर सेक्युरिटी भन्दै प्रहरीको नाम लिएर कुनै सूचना मागिएको छ? नदिनुस्, ब्ल्याकमेलिङ हुनसक्छ

काठमाडौँः नेपाल प्रहरीले पछिल्ला केही दिनयता साइबर सेक्युरिटीका लागि भन्दै प्रहरीको नाम लिएर ब्ल्याकमेलिङ भइरहेको भन्दै सचेत रहन अपिल गरेको छ। प्रहरीको नाम लिएर फोटो भिडियो माग गरी दूरुपयोग गरेको भन्दै सचेत रहन अपिल गरेको हो।

सामाजिक सञ्जालमा त्यस्ता फोटो भिडियो पोस्ट गरी चरित्रहत्या गर्ने काम भइरहेको भन्दै आफ्नो सूचना कसैलाई नदिन सर्वसाधरणलाई आग्रह गरेको हो।

प्रहरीले त्यस्ता सूचना कसैले मागेमा तत्काल प्रहरीलाई खबर गर्न पनि भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell