PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका ७५ जनालाई नियन्त्रणमा लिई राखियो क्वारेन्टाइनमा



रासस

भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका ७५ जनालाई नियन्त्रणमा लिई राखियो क्वारेन्टाइनमा

कञ्चनपुर : भारतको वनवासा क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गरेका ७५ जना नेपालीलाई भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ। गएराति सीमा क्षेत्रमा लुकीछिपी आएका सबैलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक रविन्द्रनाथ पौडेलले बताए।

लुकीछिपी आउनेमा चार महिला समेत रहेका छन। उनीहरु भारतीय क्वारेन्टाइनमा बस्दै आएको व्यक्ति भएको बताइएको छ।

हावाहुरीका कारण घरमा क्षति

कञ्चनपुरमा हावाहुरीका कारण ७६ वटा घरहरुमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले संकलन गरेको विवरण अनुसार आइतवार साँझ आएको हावाहुरीका कारण स्थानिय बासिन्दाको घरको छाना उडाउनुका साथै घर भत्काएको छ।

मानवीय र चौपाया क्षति भने भएको छैन। जिल्ला भरी ५० वटा विद्युतका पोल हावाहुरीका कारण ढलेका छन। विद्युतका पोल ढलेपछि हिजो साँझ देखि कञ्चनपुरको विद्युत सेवा ठप्प रहेको छ। एउटा एनसेल टावर र एउटा एफएम रेडियोका टावर हावाहुरीका कारण क्षति पुगेको छ।

हावाहुरीकै कारण शुक्लाफाँटा नगरपालिकास्थित प्रहरीको विटनजिक रुख ढल्दा विट पुरै क्षतिग्रस्त भएको छ। हावाहुरीमा परेर बेदकोट नगरपालिका नयाँगाउका एक जना बालिका घाइते भएको र बालिकाको महाकाली अस्पतालमा उपचार भैरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell