PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

रेलको बुकिङ खुलेको १ मिनेटमै एयर कन्डिसनका सिट 'सोल्ड आउट'



पहिलोपोस्ट

रेलको बुकिङ खुलेको १ मिनेटमै एयर कन्डिसनका सिट 'सोल्ड आउट'

नयाँ दिल्ली : तीन घन्टामा नै ५४ हजार प्यासेन्जरका लागि रेलको ३० हजार टिकट बुकिङ भएको छ। एक दर्जन रेलका लागि बुकिङ खुल्दा यति धेरै मानिसले टिकेट लिएका हुन्। टिकट बुकिङ खुलेको १ मिनेटमा मुम्बई सेन्टर-नयाँ दिल्लीको मे १८ सम्मका एयर कन्डिसन सुविधा भएका सबै टिकट बिक्री भएको थियो।

रेलवे अधिकारीका अनुसार सोमवार ९ बजेसम्म एयर कन्डिसनवाला रेल टिकटबाटमात्रै करिब १० करोड रुपैयाँ संकलन भएको छ।

त्यसो त रेलवेजले दिल्लीबाट १५ प्रमुख शहरका लागि हिजो साँझ ४ बजेदेखि टिकेट बुकिङ खुला गर्ने घोषणा गरेको थियो। तर, बुकिङ खुल्दा दुई घन्टा ढिलो भइसकेको थियो। सिस्टममा गडबडी भएका कारण बुकिङ ढिलो भएको थियो। कुन रेल कुन रुटमा रहने भन्ने मिलाउँदा समस्या आएको हो।

'सुरुको डेढ घन्टामा १८ हजार भन्दा धेरै टिकट बुक भयो,' रेलवेका एक अधिकारीले भने। ३० वटा रेल नै सिस्टममा राखेर बुकिङ हुने हो भने नाटकीय हिसाबले टिकट बिक्री हुने उनीहरुले बताए।

रेलको बुकिङ गर्न मानिसको चाप यति धेरै भयो कि रेलवेको साइटमा नै समस्या आयो। साइट राम्रोसँग नचलेपछि मानिसहरुले सोसल मिडियाबाट गाली गरेका थिए।

भारतीय रेलवेले सीमित सेवा सुरु गरे पनि विस्तारै संख्या बढाउँदै लैजाने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell