PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

मैले मास्क लगाउनु पर्दैन किनकि म सबैबाट धेरै टाढा छु : डोनाल्ड ट्रम्प



पहिलोपोस्ट

मैले मास्क लगाउनु पर्दैन किनकि म सबैबाट धेरै टाढा छु : डोनाल्ड ट्रम्प

ह्वाइट हाउसका सम्पूर्ण कर्मचारीलाई मास्क लगाउन अनिवार्य गरिएको छ। त्यहाँ कार्यरत् दुई सहयोगीमा कोरोना भाइरसको संक्रमण देखिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिवार्य मास्क लगाउन निर्देशन दिएका हुन्।

गत साता मात्रै ट्रम्पका सहयोगी रहेका अमेरिकी सेना र उपराष्ट्रपति माइक पेन्सकी प्रेस सल्लाहकार क्याटी मिलरमा संक्रमण पुष्टि भएको थियो। लगत्तै ह्वाइट हाउसमा दैनिक कोरोना संक्रमण परीक्षण सुरु भएको छ।

त्यहाँ कार्यरत् सम्पूर्ण कर्मचारीहरुले आफ्नो कार्यकक्षमा रहँदा र सामाजिक दूरी कायम राखिरहँदा भने मास्क लगाउनु नपर्ने बीबीसीमा जनाइएको छ

सोमबारको प्रेस सम्मेलनमा ट्रम्प भने मास्कबीना नै उपस्थित भएका थिए। उनले भने,'मैले मास्क लगाउने निर्देशन पालना गर्नु पर्दैन किनकि म सबैबाट धेरै टाढा बस्छु।'

यस निर्देशनले ह्वाइट हाउसमा संक्रमण फैलन सक्ने सम्भावनालाई न्यून पारेको उनको दावी छ।

कोरोना भाइरस टास्क फोर्सका डाक्टर एन्थोनी फाउसीसहित ३ सदस्य हाल आइसोलेसनमा छन्। उनीहरुमा भाइरस संक्रमणको लक्षण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell