PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

रमेश खरेलको अभियान : अतिक्रमण विरुद्ध १ मिनेट ब्ल्याकआउट



पहिलोपोस्ट

रमेश खरेलको अभियान : अतिक्रमण विरुद्ध १ मिनेट ब्ल्याकआउट

काठमाडौं : पूर्व डीआइजी रमेश खरेल नेतृत्वको हाम्रो नेपाल सुशासन अभियानले आज साँझ १ मिनेट बत्ती निभाएर  भारतको विरोधमा ब्ल्याक आउट गर्न अनुरोध गरेको छ।

कोरोना भाइरस महामारीको यो विपत्तीको बेला मौका छोपी भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरी उद्घाट्न समेत गरेको विषयले सम्पूर्ण नेपालीलाई आक्रोशित र मर्माहत तुल्याएको भन्दै अभियानले साँझ बेलुका ठीक साढे ७ बजे एक मिनट बत्ती निभाउन अनुरोध गरेको हो।

उनले जारी गरेको विज्ञप्तिमा हेपाहा,घृणित र दुष्कृत्य बन्द गरी भारतले नेपालको संप्रभुताको कदर र संम्मान गरी गल्ती सच्याउन अनुरोध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell