PahiloPost

Nov 13, 2025 | २८ कात्तिक २०८२

सिरहामा घाँटी रेटिएको अवस्थामा पुरुषको शव फेला



रासस

सिरहामा घाँटी रेटिएको अवस्थामा पुरुषको शव फेला

लहानः घाँटी रेटिएका अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका १७ मा एक पुरूषको शव फेला परेको छ। स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ ।

 मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए।  शवको प्रकृति हेर्दा गएराति नै मियाँको हत्या गरिएको हुनसक्ने थापाले बताए। हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र  थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell