PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कट्रिना कैफको लाइभ सेसनमा क्रिकेटर चहलको कमेन्ट, पुराना भनाइ जोडेर चर्चा



पहिलोपोस्ट

कट्रिना कैफको लाइभ सेसनमा क्रिकेटर चहलको कमेन्ट, पुराना भनाइ जोडेर चर्चा

कट्रिना कैफ बलिउडमा चर्चामा रहने अभिनत्री हुन्। धेरै चर्चित फिल्ममा काम गरिसकेकी उनी अहिले परिवारसँग समय बिताइरहेकी छिन्। सामाजिक सञ्जालमा पनि उस्तै सक्रिय छिन् उनी। झाडु लगाएको देखि भाडा माझेकोसम्म तस्विर र भिडियोहरु सेयर गरेर रमाइ रहेकी छिन्। 

पछिल्लो समय उनको पोस्टसँगै चर्चामा छ उक्त पोस्टमा भारतीय क्रिकेट टिमका स्पिनर युजबेन्द्र चहालले गरेको कमेन्ट। केही दिन अघि मात्र केट्रिनाले इन्स्टाग्राममा एक च्याट सेसन सञ्चालन गरेकी थिइन् जसमा उनले समर्थकहरुसँग संवाद गरेकी थिइन्। उनको लाइभकै क्रममा जोडिन पुगे चहल। र कमेन्ट गरे 'हाइ क्याट्रिना म्याडम'।

चहालका कमेन्ट उनका यसअघिका अभिव्यक्तिसँग जोडेर चर्चा चलिरहेको छ। चहलले यसअघि पनि आफू कट्रिनाको ठूलो फ्यान भएको बताउँदै आएका थिए।

सन् २०१७ मा मिडियासँगको कुराकानीमा उनले कट्रिना आफ्नो क्रस भएको समेत बताएका थिए। 'मलाई कट्रिना धेरै मनपर्छ। उनको हाँसोमा म मोहित हुन्छु,' उनले भनेका थिए।

कट्रिनाको वर्कफ्रन्टको कुरा गर्ने हो भने फिल्‍म 'सूर्यवंशी' तयार छ। कोरोना महामारीका कारण यो उक्त फिल्म रिलिज पनि प्रभावित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell