PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

कमेडियन बुबा जेरी स्टिलरको निधनमा बेन स्‍टिलरको भावुक ट्वीट



पहिलोपोस्ट

कमेडियन बुबा जेरी स्टिलरको निधनमा बेन स्‍टिलरको भावुक ट्वीट
Getty Images

कमेडियन जेरी स्टिलरको निधन भएको छ। अमेरिकी टिभी सिरिज 'सेनफिल्ड'मा जर्ज कोस्टान्जाको बुबाको भूमिकाका लागि चिनिएका जेरीको ९१ वर्षको उमेरमा निधन भएको हो।

उनी अमेरिकी कलाकार, निर्देशक एवं निर्माता बेन स्टिलरका बुवा हुन्।

उनको मृत्युको जानकारी दिँदै बेन स्टिलरले ट्वीट लेखेका छन्,'म मेरो बुबाको मृत्युको खबर सुनाउनु पर्दा निकै दु:खी छु।' उनले आफ्ना बुबा कालगतीले निधन भएको जनाएका छन्।

जेरी एक कुशल बुबा र हजुरबुबासँगै लगनशिल श्रीमान भएको उल्लेख गरेका छन्। यी बाबु छोरा 'जुल्यान्डर'का दुई संस्करण, 'हार्टब्रेक किड' लगायत कमेडी ड्रामामा सँगै देखिएका छन्।

जेरीकी श्रीमती एन मेयरा पनि हाँस्य कलाकार थिइन्। उनको सन् २०१५ मा निधन भयो। यी हाँस्य कलाकार जोडीको सन् १९५३ मा न्यूयोर्कमा भेट भएको थियो। उनीहरुले एकसाथ 'द एड सुलिभन सो'मा ३० फरक भूमिकामा देखिए।

सन् २००७ मा स्टिलर र मेयरालाई हलिउड वाक अफ फेममा 'जोइन्ट स्टार' दिएर सम्मानित गरिएको थियो। सन् २०१० मा उनीहरुले एक अनलाइन च्याट सो संयुक्त रुमपमा सञ्चालन गरेका थिए। उक्त कार्यक्रम उनीहरुको घरमै छायाँकन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell