PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

घर फर्किन चाहने नेपालीको आवश्यक प्रबन्ध मिलाउन मुख्यमन्त्री योगीको निर्देशन



पहिलोपोस्ट

घर फर्किन चाहने नेपालीको आवश्यक प्रबन्ध मिलाउन मुख्यमन्त्री योगीको निर्देशन
PHOTO : PTI

काठमाडौं: भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन चाहने नेपालीलाई नेपाल-भारत सीमासम्म पुर्‍याउने व्यवस्था मिलाउन राज्यका अधिकारीहरुलाई निर्देशन दिएका छन्।

रोजगारी तथा अन्य कामका सिलसिलामा उत्तर प्रदेशमा रहेका नेपालका नागरिकले घर फर्किन चाहे उनीहरुको व्यवस्था मिलाउन अधिकारीहरुलाई निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले ट्वीटरमार्फत जानकारी दिएको छ।

त्यसैगरी योगीले लकडाउनका कारण उत्तर प्रदेशमै बस्न चाहने नेपालीका लागि पनि आवश्यक प्रबन्ध मिलाउन स्थानीय अधिकारीलाई निर्देशन दिएका छन्।

उत्तर प्रदेश कैलालीदेखि नेपालका थुप्रै जिल्ला जोडिएको राज्य हो। यहाँ धेरै नेपाली रोजगार तथा अन्य सिलसिलामा बसोबास गर्छन्। दिल्ली तथा अन्य ठाउँबाट घर फर्किरहेकाहरु यहीँ राज्य भएर नेपाल आउन खोजिरहेका छन्। तर, नेपालतिर भने आउन दिइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell