PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जर्मनीमा एकैदिन करिव १ हजार नयाँ संक्रमित



पहिलोपोस्ट

जर्मनीमा एकैदिन करिव १ हजार नयाँ संक्रमित
Getty Images

कोरोना भाइरस संक्रमणका कारण अति प्रभावित छ युरोप। इटालीमा संक्रमणकै कारण मृत्यु हुनेको संख्या ३० हजार नाघिसक्यो। र स्पेन र फ्रान्समा २६ हजार बढी संक्रमितले ज्यान गुमाइसके। तुलनात्मक रुपमा जर्मनीमा संक्रमितको मृत्युदर कम छ। त्यहाँ हालसम्म ७ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ।

सोमबार भने जर्मनीमा नयाँ संक्रमितको संख्या ह्वात्तै बढ्यो। एकै दिन करिव १ हजार जना नयाँ संक्रमित देखिए। ९ सय ३३ जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ कुल संक्रमित संख्या १ लाख ७० हजार ५ सय ८ पुगेको छ।  

आइतबार जर्मनीमा ३ सय ५७ जनामा मात्र संक्रमण देखिएको थियो। संक्रमण र मृत्युको नयाँ केस घटेकै कारण जर्मनीले लकडाउन केही खुकुलो बनाएको थियो। सोमबार देखिएका नयाँ संक्रमित संख्याका कारण त्यहाँ 'सेकेन्ड वेभ'को सुरुवात भएको अनुमान गरिएको छ।

बीबीसीमा साताभरको रिपोर्ट ढिला गरिनुका कारण पनि संक्रमित संख्य बढी देखिएको हुनसक्ने जनाइएको छ। जर्मनीमा एक लाख ४५ हजार मानिस संक्रमण मुक्त भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell