PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

पेस्तोल र गोलीसहित सम्पर्कविहीन प्रहरी जवान मृत भेटिए



रासस

पेस्तोल र गोलीसहित सम्पर्कविहीन प्रहरी जवान मृत भेटिए
प्रतिकात्मक तस्बिर

सुर्खेतः पूर्वीसुर्खेतमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहिन थिए।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार पन्तले आज बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दूरीमा फेला परेको जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ। जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले मृत भेटिनुको कारण अनुसन्धानपछि मात्र खुल्ने बताए।

प्रहरी जवान खड्का सुर्खेतकै रानीवास निवासी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell