PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कविताको मौसम चलिरहेको भन्दै सांसद नवराज सिलवालले संसद्मा सुनाए कविता



पहिलोपोस्ट

कविताको मौसम चलिरहेको भन्दै सांसद नवराज सिलवालले संसद्मा सुनाए कविता

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नवराज सिलवालले संसद्मा भारतले गरेको सीमा अतिक्रमणका विषयमा कविता सुनाएका छन्।

सांसद सिलवालले कविताको मौसम चलिरहेको भन्दै 'अतिक्रमण' शीर्षकको कविता सुनाएका हुन्। सिलवालले कवितामा भने, 'हाम्रो देश हिजो पनि अतिक्रमण नै थियो, सिमाना निरन्तर दुखिरहेकै थियो।'

सिलवालले देशमाथि विस्तारवादी,भ्रष्ट्राचारी,दलालहरूको निरन्तर अतिक्रमण भएको पनि बताएका छन्।

उनको कवितामा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमाथि पनि लामो समय सत्तामा रहे पनि केही देखिने काम नभएको भन्दै व्यङ्ग्य पनि मिसिएको छ। उनले अतिक्रमणका विरुद्ध सत्तापक्ष र प्रतिपक्षीले संयुक्त रूपमा पहल गर्नुपर्ने बताए।

हिजो मात्रै संसद्मा प्रतिपक्षी दलका सांसद गगन कुमार थापाले बाल कविता सुनाएका थिए। उनको कविता प्रधानमन्त्री लक्षित थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell