PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

दार्चुलाका सांसदको प्रश्न: प्रधानमन्त्री उत्तराधिकारी तोक्दै बस्ने, संसदमा किन अनुपस्थित?



पहिलोपोस्ट

दार्चुलाका सांसदको प्रश्न: प्रधानमन्त्री उत्तराधिकारी तोक्दै बस्ने, संसदमा किन अनुपस्थित?

काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा उपस्थित नहुनुको कारण माग गरेका छन्।

सांसद बडूले प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै प्रधानमन्त्री उपस्थित नहुनुको कारण संसदलाई जानकारी दिन माग गरेका हुन्।

सांसद बडूले प्रधानमन्त्री ओलीले आफैं आफ्नो उत्तराधिकारी घोषणा गरेको आफूले सुनेको पनि बताए।

बडूले भने, 'उहाँले भावी उत्तराधिकारीकारुपमा भावी प्रधानमन्त्री घोषणा गरिएको पनि सुनियो। आफ्नो उत्ताधिकारी आफैं तोक्ने कुन संविधानको बन्दोवस्त हो। वर्तमान संविधानमा त देखिएन। यहीँ बन्दोवस्तीका कारण हो वा अन्य कारण हो? यसबारे संसदमा जानकारी गराउनुपर्छ। संसद जान्न चाहन्छ।'

चालु अधिवेशनमा प्रधानमन्त्री उपस्थित भएका छैनन्। संसदको बजेट अधिवेशन २६ गतेबाट सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell