PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

संसद बैठकमा अर्थमन्त्री खोज्दै राप्रपाका सांसद लिङदेन



पहिलोपोस्ट

काठमाडौं : संसदको बजेट अधिवेशन जारी छ। संसदमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पेश गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफलमा सांसदहरु सहभागि छन्।

छलफल जारी रहँदा अर्थमन्त्री खतिवडा संसद बैठकबाट बाहिरिए। बैठकमा सभामुख अग्नि सापकोटाले राप्रपाका सांसद राजेन्द्र लिङदेनलाई बोल्ने समय दिए।

संसदको रोस्ट्रममा उभिएका लिङ्देनले अर्थमन्त्री खोजे। 'बजेट अधिवेशनबारे छलफल चलिरहेको छ। अर्थमन्त्रीलाई कुरा सुनाउँला भनेर आएको थिएँ। अर्थमन्त्री कहाँ हुनुहुन्छ?' उनले प्रश्न गरे।

सभामुख सापकोटाले भर्खरै अर्थमन्त्री बाहिर गएको भन्दै रेकर्ड हुने र पछि सुन्न सक्ने बताए।

लिङ्देनले चित्त बुझाएनन्। 'रेकर्ड होइन मैले भौतिक रुपमा सुनाउन चाहन्छु। उहाँको उपस्थितिका लागि रुलिङ होस,' लिङ्देनले भने।

सभामुखले कुरा अगाडि बढाउन आग्रह गर्दै अर्थमन्त्री आउने बताए। त्यसपछि लिङ्देलले आफ्ना कुरा राखे। तर उनी बोली सक्दासमेत अर्थमन्त्री उपस्थित भएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell