PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भूमि अतिक्रमणबारे जानकारी गराउँदा पनि सरकारले सार्थक पाइला चाल्न नसकेको नेकपा सांसद रावलको आरोप



पहिलोपोस्ट

भूमि अतिक्रमणबारे जानकारी गराउँदा पनि सरकारले सार्थक पाइला चाल्न नसकेको नेकपा सांसद रावलको आरोप

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीम राववले भारतले नेपाली भूमि अतिक्रमण गरिरहेको विषयमा पटक पटक आवाज उठाउँदा पनि सरकारले सार्थक पाइला चाल्न नसकेको बताएका छन्।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै नेकपाका स्थायी समिति सदस्यसमेत रहेका रावलले  लिम्पियाधुरा, कालापानी, लिपुलेकको अतिक्रमणबारे संसद र संसदको समितिमा आवाज उठाउँदा पनि सार्थक पाइला नचालिएको आरोप लगाए।

'देश र  जनता सुरक्षित नभइ त्यहाँ कुनै पनि विकासका गतिविधि सार्थक रुपमा अघि बढ्न सक्दैनन्। हाम्रो सीमाको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने र ति सुरक्षाकार्मीहरुका लागि बस्ने, खाने  उचित प्रबन्ध गर्नुपर्ने कुराहरु पर्दछन्,' उनले भने।

अब आउने बजेटमा कृषि र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिन उनले माग राखे।

'ग्रामीण क्षेत्रबाट तरकारी, दुध बजारमा आएको छैन्। नेपाली उत्पादन सडेर जाने स्थिति छ। तर, भारतबाट ट्रकका ट्रक भारतीय तरकारी हाम्रो बजारमा आइरहेको छ,' उनले भने।

रावलले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने सिद्धान्त लिए पनि नीति र  सिद्धान्त कार्यान्वयनमा नआउने पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell