PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

'नेपालको सार्वभौमसत्ताको सम्मान गर्' भन्दै भारतीय दूतावास अगाडि पुगेका अधिकारकर्मीहरु प्रहरी नियन्त्रणमा

'नेपालको सार्वभौमसत्ताको सम्मान गर्' भन्दै भारतीय दूतावास अगाडि पुगेका अधिकारकर्मीहरु प्रहरी नियन्त्रणमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


नेपालस्थित भारतीय दूतावास अगाडि धर्ना बसेका मानव अधिकारकर्मीहरु पक्राउ परेका छन्। भारत सरकारले लिपुलेक मिचेर सडक निर्माण गरेको विषयमा विरोध जनाउँदै २२ जना मानव अधिकारकर्मी लैनचौरस्थित दूतावास अगाडि पुगेका थिए।

मानवअधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनी, बटुकृष्ण ढुंगेल, बलबहादुर मगर, गीता तिमल्सिना, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई लगायतलाई सोह्रखुट्टे प्रहरी वृत्त पुर्‍याइएको छ।

'लिपुलेक सडक निर्माण तत्काल रोक', 'लिपुलेक नेपालको हो', 'सीमा अतिक्रमण अपराध हो', 'नेपालको सार्वभौमसत्ताको सम्मान गर' जस्ता नारा लेखिएका प्लेकार्डहरुसहित प्रदर्शन गरिएको थियो।

लिपुलेक अतिक्रमण गर्दै भारतीय सेनाले निर्माण गरेको सडकलाई भारतीय रक्षामन्त्रीले उद्घाटन गरेपछि नेपालमा चर्को विरोध जारी छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय कदममा असन्तुष्टिसहित ध्यानाकर्षण भएको जानकारी गरेको थियो। लगत्तै भारतको विदेश मन्त्रालयले वक्तव्य जारी गरी लिपुलेकमा बनाइएको सडक भारतीय भूमिमा रहेको दावी गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell