PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

नेकपाले बोलायो स्थायी कमिटी बैठक



पहिलोपोस्ट

नेकपाले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक पार्टी कार्यालय धुम्बाराहीमा बुधवार ११ बजे बोलाइएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए। यसअघि २५ गतेका लागि बोलाइएको बैठक २४ गते स्थगित भएको थियो।

एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली थाँके भन्दै बीचमै उठेपछि बैठक स्थगित भएको थियो। बैठकको माग गर्दै वैशाख १० गते २० जना स्थायी कमिटी सदस्यले लिखित माग राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell