PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

कोरोना भाइरसको पछिल्लो तथ्यांक: प्रदेश २ र ५ मा संक्रमण बढ्दै, कुन जिल्लामा कति?



विधुर ढकाल

कोरोना भाइरसको पछिल्लो तथ्यांक: प्रदेश २ र ५ मा संक्रमण बढ्दै, कुन जिल्लामा कति?

काठमाडौं : आज (मंगलवार) दिउसो एकैपटक ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमित हुनेहरुको संख्या १९१ पुगेको छ।

पछिल्लो पटक तराईका जिल्लाहरुमा संक्रमणको उच्च जोखिममा देखिएका छन्। भारतसँग सीमा जोडिएका प्रदेश २ र प्रदेश ५ मा संक्रमण बढ्दै गएको छ। हालसम्म प्रदेश २ मा ७१ जनामा संक्रमण देखिँदा प्रदेश ५ मा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

 

त्यस्तै तेस्रो स्थानमा प्रदेश १ छ। भारतसँग सीमा जोडिएको यस प्रदेशमा हालसम्म ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

त्यस्तै गण्डकी प्रदेशमा ७ जनामा संक्रमण पुष्टि भएको छ। सुदुर पश्चिममा ५ जना संक्रमणित हुँदा गण्डकी प्रदेशमा दुई जनामा संक्रमण पुष्टि भएको छ। सुदुर पश्चिम र गण्डकी प्रदेशका संक्रमित निको भएर घर फर्किसकेका छन् भने बागमती प्रदेशको चितवनमा अझै एक जना उपचारका क्रममा भरतपुर स्थित कोरोना विशेष अस्पतालमा उपचाररत छन्।

कुन जिल्लामा कति संक्रमित?

पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी प्रदेश २ को पर्सामा देखिएको छ। यहाँ संक्रमित हुनेहरुको संख्या ६४ पुगेको छ। आजै मात्र पर्सा जिल्लामा ३९ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै प्रदेश ५ को कपिलबस्तुमा संक्रमितको संख्या २९ पुगेको छ। आज मात्र कपिलबस्तुमा ८ जनामा संक्रमण पुष्टि भएको हो। हिजो सोमवार पनि यहाँ १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

त्यस्तै बाँके जिल्लामा संक्रमितको संख्या २४ छ। त्यस्तै प्रदेश ५ कै बर्दिया जिल्लामा सोमवार एक जनामा संक्रमण पुष्टि भएको थियो।

त्यस्तै प्रदेश १ को उदयपुर जिल्लामा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यस्तै झापा जिल्लामा दुई जनामा संक्रमण देखिँदा सप्तरी र भोजपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै प्रदेश २ को रौतहट र बारामा तीन/तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै सर्लाहीमा एक जनामा संक्रमण पुष्टि भएको छ।

बागमती प्रदेशको काठमाडौंमा पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यहाँ संक्रमण पुष्टि भएका मध्ये एक जना धादिङका हुन्। उनी खाडी मुलुकबाट नेपाल आएका थिए। कोरोना भाइरसको संक्रमण देखिएपछि उनी घर नगइ टेकु अस्पतालमा पुगेका थिए।

त्यस्तै कोरोना भाइरसको आउटब्रेक इपिसेन्टर वुहानबाट फर्किएका एक जना विद्यार्थीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

बागमती प्रदेशकै चितवनमा दुई जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

गण्डकी प्रदेशको बाग्लुङमा दुई जनमा संक्रमण पुष्टि भएकोमा उनीहरु उपचारपछि घर फर्किसकेका छन्। त्यस्तै सुदुरपश्चिममा संक्रमित भएका पाँच जना मध्ये कैलालीमा चार र कञ्चनपुरमा एक जना रहेका छन्। उनीहरु पाँचै जना उपचारपछि घरै फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell