PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

पर्साका संक्रमितमा पत्रकार पनि, धर्नादेखि सिडिओ कार्यालयमा ज्ञापन बुझाउँदा पनि थिए एकैसाथ



राधेश्याम पटेल

पर्साका संक्रमितमा पत्रकार पनि, धर्नादेखि सिडिओ कार्यालयमा ज्ञापन बुझाउँदा पनि थिए एकैसाथ

वीरगंज : मंगलवारमात्र पर्सा जिल्लामा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यसरी संक्रमितमध्ये १२ वर्षदेखि ५३ वर्ष उमेर समूहका छन्। आज संक्रमण पुष्टि भएकामध्ये वीरगंज महानगरपालिका वडा नं. २ का पाँच जना, ३ का ८ जना, ४ का एक जना, वडा नम्बर १६ मा ११ जना गरी वीरगंज महानगरपालिकामा मात्र २५ जनामा संक्रमण देखिएको हो। त्यस्तै अन्य १४ जना छिपहरमाई गाउँपालिका वडा नं. ५ का हुन्।

त्यस्तै संक्रमित मध्ये दुई जना जिल्लाका पत्रकारसमेत रहेका छन्। नेपाली सेना र इपिडिमियोलोजी महाशाखाको टोलीले वैशाख २६ र २७ गते स्वाब संकलन गरी काठमाडौंमा परीक्षणका लागि पठाएको थियो।

पत्रकारलाई कोरोना पुष्टि भएसँगै संक्रमण फैलिने त्रास बढेको छ। संक्रमित पत्रकारहरुको एक्पोजर धेरैतिर भएका कारण जोखिम बढेको हो।

पछिल्लो पटक वीरगंजमा पत्रकारहरुले सामूहिक आन्दोलन समेत गरेका थिए। पत्रकारहरुको आन्दोलनका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय, पर्सामा करीब ५० जना पत्रकारहरु एकै ठाउँमा भेला भई रिहा गराउनु र घण्टाघरमा धर्ना तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell