PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

'कोरोना हटस्पट' वीरगंजमा आइसोलेसन बेडको अभाव, नयाँ संक्रमितलाई राख्ने ठाउँ भएन



राधेश्याम पटेल

'कोरोना हटस्पट' वीरगंजमा आइसोलेसन बेडको अभाव, नयाँ संक्रमितलाई राख्ने ठाउँ भएन

वीरगंजः वीरगंजमा मंगलबार ३९ जना नयाँ संक्रमित भेटिएपछि वीरगंजवासी त्रसित छन्। मंगलबार संक्रमित हुने सञ्चारकर्मी पनि छन्। संक्रमित ३९ जनाको सम्पर्क खोज्न प्रशासनलाई चुनौती थपिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारामा १ र वीरगंजमा ३९ जना संक्रमित थपिएपछि नारायणी अस्पतालमा ६८ जनाका लागि वार्डको आवश्यकता छ। अस्पतालमा यसअघि नै २९ को उपचार भइरहेको छ।

नारायणीमा अहिले ५० वटा आइसोलेसन वार्ड छ। पोखरीया अस्पतालमा ८ वटा वार्ड छन्। पर्सामा जम्मा ५८ वटामात्र आइसोलेसन बेडको व्यवस्था छ।

यसैले मंगलबार फेला परेका संक्रमितमध्ये १० जनालाई कहाँ राख्ने अन्योल भएको छ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमण पुष्टि भएका नयाँ ४० जनालाई आइसोलेसनमा राख्ने काम भइरहेको बताए। संक्रमण बढिरहेको अवस्थालाई हेरेर निजी अस्पतालमा पनि कोभिड उपचारको व्यवस्थाबारे निर्णय तत्काल गर्न आवश्यक भइसकेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell