PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

नेकपा स्थायी कमिटीको मुख्य एजेण्डा सरकारको नीति तथा कार्यक्रम, सीमा समस्याबारे पनि छलफल हुने



पहिलोपोस्ट

नेकपा स्थायी कमिटीको मुख्य एजेण्डा सरकारको नीति तथा कार्यक्रम, सीमा समस्याबारे पनि छलफल हुने

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधवारका लागि डाकेको स्थायी कमिटी बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई मुख्य एजेण्डा बनाइने भएको छ।

महासचिव विष्णु पौडेलले स्थायी कमिटीको मुख्य बिषय नीति तथा कार्यक्रम रहेको जानकारी दिए। स्थायी कमिटी बैठकमा धेरै विषयमा छलफल नहुने भएकाले त्यसको तयारीका लागि सचिवालय बैठक नबस्ने पौडेलले बताए।

उनले भने, 'बैठकमा मुख्य रुपमा सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल हुन्छ। सीमा समस्याको बारेमा पनि कुराकानी होला। अन्य विषयमा छलफल नहुने भएकाले सचिवालय बैठक बस्ने तयारी छैन्, उनले भने।

स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बोलाइएको छ। वैशाख १० गते २० जना स्थायी कमिटी सदस्यले लिखित माग राखेका थिए। त्यसपछि वैशाख २५ गतेका लागि बोलाइएको बैठक २४ गते स्थगित भएको थियो।

एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली थाकेँ भन्दै बीचमै उठेपछि बैठक स्थगित भएको थियो। त्यसपछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परामर्शमा बैठक बोलाउने सहमति भएको थियो।

लिखित माग गरेका सदस्यहरुले बैठक स्थगित भए पनि सोही दिन पार्टी मुख्यालय धुम्बाराहीमा छुट्टै भेला गरेका थिए। उनीहरुले बैठक तत्काल बोलाउन अध्यक्ष प्रचण्डलाई दबाब दिएका थिए।

सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ २ गते संसदमा पेस हुँदैछ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २ गते नीति तथा कार्यक्रम पेस गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell