PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

कोरोना परीक्षणका लागि उपराष्ट्रपतिको स्वाब संकलन



पहिलोपोस्ट

कोरोना परीक्षणका लागि उपराष्ट्रपतिको स्वाब संकलन
फोटोः मनोज घर्तीको फेसबुकबाट

काठमाडौँः संघीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना सङ्कलन गरिएको छ।

संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell