PahiloPost

May 15, 2024 | २ जेठ २०८१

कमलविनायक-नगरकोट सडकखण्ड कालोपत्रे हुँदै, स्थानीयले उठाए गुणस्तरमा प्रश्न

कमलविनायक-नगरकोट सडकखण्ड कालोपत्रे हुँदै, स्थानीयले उठाए गुणस्तरमा प्रश्न

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : कमलविनायक-नगरकोट सडकखण्ड निर्माणको काम शुरु भएको छ। लकडाउनका बीच पहिलो चरणमा खरीपाटी चोकसम्म सडक कालोपत्रे गर्ने काम भइरहेको छ। वर्षौंदेखि उक्त सडक खण्ड निर्माण नहुँदा स्थानीयले विरोध गर्दै आएका थिए।

सन् २०१४ जुन महिनामा सम्झौता भएर शुरु भएको यो सडकको काम २०१६ जुनमा सकाउने लक्ष्य थियो। तर, तीनपटक म्याद थपिसक्दासमेत यो सडकको निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

गत कात्तिकमा नगरकोटका गाडी र सडकका पोलहरुमा सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको तस्विर झुण्डाइ निर्माण सम्पन्न गर्न दबाब दिइएको थियो। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी रहेका शारदाप्रसाद अधिकारीको सैलुङ कन्स्ट्रक्सनले कमलविनायकदेखि नगरकोटसम्मको बाटो बनाउने ठेक्का पाएको कम्पनी हो।

तर, तीन वर्षमा बन्नुपर्ने सडक ६ वर्ष बितिसक्दा पनि नबनेपछि स्थानीय सांकेतिक विरोधमा उत्रिएका हुन्। उपनिर्वाचनमा समेत यो सडक खण्ड निर्माणको विषयले निकै चर्चा पाएको थियो। 

हाल लकडाउनका बीच सडक निर्माण शुरु गरिएपनि स्थानीय भने खुशी छैनन्। उनीहरुले गुणस्तरहिन रुपमा कालोपत्रे गरेको आरोप लगाएका छन्। हाल कालोपत्रे गरेको सडक पनि राम्रो नभएको उनीहरुको गुनासो छ।

‘अलकत्रामाथि चिप बिछ्याएर बाटो पिच गर्दैछन्। अहिलेको लकडाउनको मौकामा निर्माण त गरियो। पानी परेपछि यो बाटो फेरि पहिला जस्तै हुनेछ। यो दिगो निर्माण भएन,’ एक स्थानीयले भने।



ट्रेन्डिङ पोस्ट

Ncell