PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

११ वर्षीया संक्रमित कैलालीबाट फर्किएकी : गोदावरीको माझगाउँमा बसेकी थिइन् एक महिना



एम बम

११ वर्षीया संक्रमित कैलालीबाट फर्किएकी : गोदावरीको माझगाउँमा बसेकी थिइन् एक महिना

कैलाली : प्रदेश नम्बर ५ को बर्दियाबाट छिमेकी जिल्ला कैलालीको गोदावरी नगरपालिका वडा ८ मा एक महिना बढी बसेर फेरि उतै फर्किएकी ११ बर्षीया बालिकामा सोमवार कोरोना पुष्टि भयो।

उनी उनका बजैसँगै चैत ५ गते कैलाली आएकी थिइन्। त्यसपछि यहाँबाट उनी वैशाख १२ गते बर्दिया फर्किइन। तर उनी बर्दिया भने १६ गते मात्रै पुगिन्। त्यसबीचमा उनको बसोबास कैलालीको भजनीमा भएको देखिएको छ।

बर्दिया पुगेपछि क्वारेन्टाइनमा बसेकी उनमा सोमवार कोरोना पुष्टि भएको थियो।

उनमा कोरोना पुष्टि भएपछि गोदावरीमा उनी बसेको मझगाउँ टोल सिल गरिएको छ। गोदावरी नगरपालिका वडा नम्बर ८ मझगाउँमा बसोवास गर्ने २१ परिवारका १ सय ३० जनाको परीक्षणका लागि उक्त टोल सिल गरिएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टको भनाई छ। ‘स्थानीय प्रशासनको सहयोगमा टोल सिल गरिएको हो,’ उनले भने, ‘थप जोखिम बढ्न नदिन स्वास्थ्यकर्मीसहितको टोली नमुना संकलनका लागि खटाइसकेका छौं।’

सोधखोजका क्रममा उक्त टोलमा भारतबाट आएर क्वारेन्टाइनमा नबसी घरमै बसेका एक जना स्थानीयसमेत फेला पारेको उनले बताए।

ती बालिकामा कहाँबाट कोरोना संक्रमण भएको भन्ने विषय अन्योल बनेपछि टोल नै सिल गरेर उच्च सतर्कता अपनाइएको उनको भनाई छ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बढीमा तीन दिनभित्रै उक्त क्षेत्रमा परीक्षण सम्पन्न गरेर १ सय ३० जनाको रिपोर्ट सार्बजनिक गरिने दाबी गरे। बालिकाको बसोबास भएको भजनी क्षेत्रबाट समेत नमुना संकलन र उनले सवार गरेको साधनको समेत खोजी थालिएको अवस्थीको भनाई छ।

कसरी संक्रमण देखियो भन्ने विषयमा अनविज्ञ रहे पनि परीक्षणलाई भने तीब्रता दिएको उनको भनाइ छ। ‘आरडीटी कीट सकिएपछि स्थानीयको पीसीआर परीक्षण गर्ने तयारीमा छौं,’ उनले भने, ‘दुई दिनमा उनको अन्टक्ट ट्रेसिङ गर्ने र तीन दिन भित्रि त्यसको नतिजा सार्बजनिक गरिने छ।’

सुदूरपश्चिममा हालसम्म १८ हजार ८ सय ५१ को नमुना संकलन भएकोमा १८ हजार ७ सय ७२ को परीक्षण सम्पन्न भएको छ। ७९ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell