PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

लकडाउनमा थप कडाइ : एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास सबै खारेज



पहिलोपोस्ट

लकडाउनमा थप कडाइ : एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास सबै खारेज

काठमाडौं : गृह मन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने भएको छ। मंगलवार मन्त्रालयमा बसेको बैठकले विषेशगरी सवारी आवतजावतलाई कडाइ गर्न लागेको हो।

लकडाउनको समयमा एउटा जिल्लाबाट अर्को जिल्लामा जान समेत रोक लगाइएको छ। विभिन्न निकायबाट जारी भएको सवारी पास लिएर मानिस एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने गरेका थिए।

‘१ गतेबाट लागू हुने गरी एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास खारेज गरिएको हो,’ गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले भने।

काठमाडौं उपत्यकाभित्र भने एउटै जिल्लाबाट जारी भएको पासले तीन जिल्लामा जान पाइने छ। त्यस्तै अहिले सरकारले ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामग्री बोकेका सवारीलाई रोक लगाइएको छ। मालवाहक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रवेश पाउने छन्।

त्यस्तै, सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ। यसैगरी, बैंक तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell