PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

बारा र पर्सामा निषेधाज्ञा, संक्रमितलाई आइसोलेट गर्न हम्मेहम्मे



राधेश्याम पटेल

बारा र पर्सामा निषेधाज्ञा, संक्रमितलाई आइसोलेट गर्न हम्मेहम्मे

वीरगंज : जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लमा मंगलवार अपरान्हदेखि निषेधाज्ञा जारी गरेको छ। बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले विपद् व्यवस्थापन केन्द्र बाराको वैशाख ३० आजैको निर्णयअनुसार निषेधाज्ञा जारी भएको जनाएको छ।

पर्सा–बारामा कोरोना संक्रमितको सख्या बढ्दै गइरहेको अवस्थामा स्थानीय प्रशासनले मंगलवारदेखि अनिश्चतकालिन निषेधाज्ञा जारी गरेको हो।

बारामा पर्साको वीरगंजबाट कार्यालयको काम तथा अन्य प्रयोजनका जाने अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स) बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको सूचनामा उल्लेख छ। हाल बारामा ३ जना कोरोना संक्रमित भेटिएका छन्। बारा प्रशासनले बारा जिल्लामा यसअघि जारी गरेको हस्तलिखित सवारी पास तथा गृहमन्त्रालयबाट जारी भएको ई–पास पनि वैशाख ३१देखि खारेज गरेको जनाएको छ ।

बाराले निषेधाज्ञा जारी गरे पछि पर्सा प्रशासनले पनि निषेधाज्ञा जारी गरेको छ। पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार वैशाख ३० गते राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी भएको बताइन्।

निषेधाज्ञा अवज्ञा गर्नेलाई ६ महिना कैद र भाग्न खोज्ने,हुलहुजत गर्नेलाई उच्चतम बल प्रयोग अर्थात् गोली प्रहारसम्म निर्देशन दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए।

निषेधाज्ञको समयमा तोकिएको सवारी साधनबाहेक कसैलाई छुट नदिएको बताइएको छ। पर्साका सुरक्षा अधिकारीहरुका अनुसार पर्सामा भेटिएका नयाँ संक्रमितहरुलाई अस्पताल ल्याउने क्रम शुरु भएको छ। संक्रमित भेटिएको बाराका १ र पर्साका ३९ जना गरी ४० जनालाई हाल नारायणी अस्पतालकै वार्डमा लगिदै गरेको पर्साकी प्रहरी उपरीक्षक पन्तले जानकारी दिइन्।

करिब ४ घण्टाको आन्तरिक तयारी भएपछि मात्र संक्रमितहरुलाई घरबाट अस्पताल लैजान लागिएको हो। पर्साका ३९ जना मध्ये १४ जना वीरगंजबाट २२ किलोमिटर पश्चिम भारतीय सीमा क्षेत्रमा पर्ने छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वामा क्वारेन्टाइनमा बस्दै गरेका छन् भने वीरगंजको वडा नं २,३,४,१६ गरी २५ जना छन्। अब वीरगंजको नारायणी अस्पतालमा कुल ७० जनालाई आईसोलेट गरेर राखिने छ। यसअघि ३० जना उपचाररत थिए। जसमा २ जना पहिले कोरोना मक्त भई पुनः कोरानाको शंका लागेर अस्पताल फर्काइएका छन् भने २८ जनामा सर्लाहीका १, रौतहटका ३, बाराका २, बाँकी वीरगंज, २ छपकैया(घुसुकपुर)३ छपकैया र १६ ईनार्वा वडा गरी कुल २२ जना उपचाररतहत् छन्। वीरगंजका संक्रमितमा केही महिला र आधा दर्जनभन्दा बढी बालबालिका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell