PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

सेवाग्राहीसँग बढी शुल्क लिएपछि मनमोहन अस्पताललाई दुई लाख ५० हजार जरिबाना



रासस

सेवाग्राहीसँग बढी शुल्क लिएपछि मनमोहन अस्पताललाई दुई लाख ५० हजार जरिबाना

काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारबाही गरेको छ। अल्ट्रा साउण्ड (यूएसजी) सेवा शुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम दुई लाख ५० हजार रुपैयाँ जरिबाना गरिएको जनाइएको छ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अस्पतालले नौ सयमा हुनुपर्ने सेवाको एक हजार छ सय रुपैयाँ लिएको भेटेपछि कारबाही गरिएको हो। लकडाउनका कारण अस्पतालले सेवाग्राहीसँग बढी मूल्य लिएको भन्दै स्वास्थ्यकर्मीका साथमा अनुगमन गर्दै आएको छ। विभागले सोमवार नर्भिक इन्टरनेसनल हस्पिटललाई बढी शुल्क लिएको आशंकामा तीन दिनभित्र कागज पत्रसहित विभागमा लिखित जवाफ दिन निर्देशन दिएको छ।

त्यस्तै, मंगलवार नै मीनभवनस्थित मीनभवन औषधि पसललाई बढी मूल्य लिएको भन्दै विभागले दुई लाख रुपैयाँ जरिबाना गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell