PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

काठमाडौँमा कोरोनाको पुनः इन्ट्रीः २६ नयाँ संक्रमित थपिए, कूल संख्या २१७ पुग्यो



पहिलोपोस्ट

काठमाडौँमा कोरोनाको पुनः इन्ट्रीः २६ नयाँ संक्रमित थपिए, कूल संख्या २१७ पुग्यो

काठमाडौँः मंगबार राति पुनः २६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा भएको परीक्षणमा २६ जनाको नतिजा पोजेटिभ आएको हो। योसँगै संक्रमितको संख्या २१७ पुगेको छ। 

मन्त्रालयका अनुसार पर्साका मात्र १८ जना छन्। जसमा ६ जना महिला र १२ जना पुरुष छन्। 

यस्तै, महोत्तरीका दुई पुरुष, धुनुषमा एक पुरुष र एक महिला संक्रमित भएका छन्। यसतै, भक्तपुर निवासी दुई जनामा पनि संक्रमण देखिएको छ। जसमा एक महिला र एक पुरुष छन्। 

मन्त्रालयका अनुसार काठमाडौँका एक जना महिलामा पनि संक्रमण पुष्टि भएको छ। 

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell