PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

विष्णु रिजालको व्यङ्ग्यः प्रधानमन्त्रीलाई भ्रममा राख्छ कसले?



पहिलोपोस्ट

विष्णु रिजालको व्यङ्ग्यः प्रधानमन्त्रीलाई भ्रममा राख्छ कसले?

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री  केपी शर्मा ओलीलाई कसले भ्रममा  राख्छ भन्दै प्रश्न गरेका छन्।

रिजालले मंगलवार ट्वीट गर्दै लिपुलेकमा सडक बनेको अरुलाई थाहा हुँदा प्रधानमन्त्रीलाई थाहा नदिइएको भन्दै कटाक्ष गरेका छन्।

प्रधानमन्त्री ओलीले मंगलवारको मन्त्रीपरिषदमा लिपुलेकमा भारतले सडक बनाएको आफूलाई थाहा नभएको बताएका थिए। त्यस्तै रिजालले प्रधानमन्त्रीलाई विषादी परिक्षणको सम्बन्धमा भारतले पत्र लेख्दा पनि जानकारी नभएको विषय सम्झाएका गरेका छन्।

'प्रमलाई भ्रममा कसले राख्छ? विषादी सम्बन्धमा भारतले पत्र लेख्यो, अरुलाई थाहा हुँदा प्रमलाई थाहा दिइएन। लिपुलेकमा सडक बन्यो, अरुलाई थाहा हुँदा प्रमलाई थाहा दिइएन, उनले भनेका छन्।

उनले प्रधानमन्त्रीलाई जनता सडकमा अलपत्र पर्दा र आफ्नै ट्वीटरबाट अन्टसन्ट ट्वीट हुँदा थाहा दिइएन भन्दै व्यंग्य गरेका छन्। लकडाउनका समयमा नागरिकको बिच्चली हुँदा प्रधानमन्त्री ओली मौन रहेका थिए।

रिजाल लेख्छन्, 'सडकमा नागरिकको बिचल्ली हुँदा प्रमलाई थाहा दिइएन। आफ्नै ट्वीटरबाट अन्टसन्ट ट्वीट हुँदा थाहा दिइएन।'

 प्रधानमन्त्री ओलीले व्यापक चर्चा भएको विषयमा आफू जानकार नरहेको अभिव्यक्ति दिँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell