PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

भक्तपुरका कोरोना संक्रमित भीम रावलको सुरक्षा गार्ड जो एक महिनादेखि थिए बिदामा



पहिलोपोस्ट

भक्तपुरका कोरोना संक्रमित भीम रावलको सुरक्षा गार्ड जो एक महिनादेखि थिए बिदामा

काठमाडौं : भक्तपुरमा कोरोना संक्रमण देखिएका २७ वर्षीय पुरुष पूर्व गृहमन्त्री भीम रावलका सुरक्षागार्ड भए पनि उनी एक महिनाअघि देखि विदामा रहेको खुलेको छ।

मंगलवार काठमाडौं उपत्यकाभित्र तीन जनामा कोरोना संक्रमण देखिएको हो। भक्तपुर दुवाकोटका २७ वर्षीय संक्रमित पूर्व गृहमन्त्री भीम रावलका सुरक्षा गार्ड हुन्।

उनी सशस्त्र प्रहरीको नीलबाराही गणमा दरबन्दी रहेको छ। उनको स्थायी निवास भने रामेछाप रहेको छ। उनी बिदा लिएर घर बिदामा बसेका थिए।  'उहाँ एक महिनादेखि विदामा बस्नु भएको देखिन्छ,' एक प्रहरी अधिकृतले जानकारी दिए।

मंगलवारमात्रै काठमाडौंमा १ जनामा कोरोना संक्रमण देखिएको हो भने भक्तपुरमा दुई जना।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell