PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

बाराका कोरोना संक्रमित युवक ग्यास बिक्रेता, साइकलमा राखेर घरघरमा पर्‍याउँथे सिलिन्डर



राधेश्याम पटेल

बाराका कोरोना संक्रमित युवक ग्यास बिक्रेता, साइकलमा राखेर घरघरमा पर्‍याउँथे सिलिन्डर
प्रतीकात्मक तस्विर।

वीरगंज : बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरका कोरोना संक्रमित युवक ग्यास बिक्रेता भएको खुलेको छ। वीरगंजको इनर्वाचोकमा ग्यास पसल सञ्चालन गर्दै आएका ति युवकले साइकलमा सिलिन्डर राखेर बलिरामपुर टोलका घरघरमा पुर्‍याउने गरेको खुलेको हो।

बलिरामपुरका १६ वर्षीय युवकले वीरगंजमा रहेको पसलबाटै उपभोक्ताको माग अनुसार साइकलमा ग्यास राखेर घरघरमै पुर्‍याउने गर्दै आएको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतले बताए। राउतका अनुसार उनको बुबाले पसल सञ्चालन गर्दै आइरहेको भएपनि लकडाउनपछि युवकले नै पसल चलाउँदै आएका थिए।

युवकमा कोरोना पुष्टि भएको खबर पाउने वित्तिकै उनको परिवारका अन्य सदस्यलाई क्वारेन्टाइनमा राख्ने विषयमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसँग सल्लाह भइरहेको छ। युवकलाई भने उपचारको लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएको छ। ती युवकका घरमा आमा, बुबा, भाइ र एक जना बहिनी रहेको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell