PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

कोरोनाका यी संक्रमित जो ग्यासका सिलिन्डर घरघर पुर्‍याउन थिए सक्रिय



राधेश्याम पटेल

कोरोनाका यी संक्रमित जो ग्यासका सिलिन्डर घरघर पुर्‍याउन थिए सक्रिय

वीरगंज : बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरका कोरोना संक्रमित युवकले साइकलमा ग्यास राखेर उपभोक्ताको घरघरमा पुर्‍याउने गरेको खुलेको छ।

वीरगंजको इनर्वाचोकमा ग्यास पसल सञ्चालन गर्दै आएका युवकले बलिरामपुर टोलका घरघरमा ग्यास पुर्‍याउने गरेको पाइएको हो। बलिरामपुरका १६ वर्षीय युवकले वीरगंजमा रहेको पसलबाटै उपभोक्ताको डिमान्डअनुसार साइकलमा ग्यास राखेर घरघरमै पुर्‍याउने गर्दै आएको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतले बताए।

राउतका अनुसार उनको बुबाले पसल सञ्चालन गर्दै आइरहेको भए पनि लकडाउनपछि युवकले नै पसल चलाउँदै आएका थिए। युवकमा कोरोना पुष्टि भएको खबर पाउनेवित्तिकै उनको परिवारका अन्य सदस्यलाई क्वारेन्टाइनमा राख्ने विषयमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसँग सल्लाह भइरहेको छ। युवकलाई भने उपचारको लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएको छ। ती युवकका घरमा आमा, बुबा, भाइ र एकजना बहिनी रहेको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell