PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सुरु हुनु डेढ घन्टा अगाडि नेकपा स्थायी कमिटी बैठक स्थगित



पहिलोपोस्ट

सुरु हुनु डेढ घन्टा अगाडि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। बुधवार बिहान ११ बजेका लागि बोलाइएको बैठक तोकिएको समयभन्दा डेढ घण्टा अगाडिमात्रै स्थगित गरिएको नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए।

उनका अनुसार सबै स्थायी समिति सदस्यलाई बैठक स्थगित भएको सूचना आएको छ। तर के कारणले बैठक स्थगित भयो भन्ने जानकारी नभएको बताए।

'बैठक स्थगित भएको सूचना आएको छ। तर, के कारणले भयो भन्ने केही भनिएको छैन,' उनले भने।

यसअघि २५ गतेका लागि बोलाइएको बैठक पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक नभएको अडान राखेपछि स्थगित भएको थियो। २० गतेको सचिवालय बैठकमा नेकपा भित्रको विवाद साम्य भएको भनिए पनि २४ गतेको सचिवालय बैठक तनावपूर्ण भएको थियो। बैठक टार्न थालेपछि ओलीलाई सरकारको नीति तथा कार्यक्रम संसदमा अस्वीकार गर्ने चेतावनी उनीइतरका नेताले दिएका थिए।

नेताहरुले संसदमा असहयोग गर्ने देखेपछि ओलीले आफ्ना पार्टीका सांसदलाई एक जुट हुन निर्देशन दिएका थिए। ओलीको निर्देशन विपरीत संसदमा मन्त्रीहरुलाई प्रमुख प्रतिपक्षी दलका सांसदहरुको भन्दा कडा प्रश्न आफ्नै दलका सांसदबाट सामना गर्नु परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell