PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

चाइना एयरफोर्सको आइ १७६ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा : आइपुग्यो चिनियाँ सेनाले पठाएको मेडिकल सामाग्री



पहिलोपोस्ट

चाइना एयरफोर्सको आइ १७६ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा : आइपुग्यो चिनियाँ सेनाले पठाएको मेडिकल सामाग्री

काठमाडौः चिनिया एयरफोर्स एडले अनुदानमा पठाएको मेडिकल सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ। चाइना एयरफोर्सको आइ १७६ सिरीजको विमानमार्फत् बुधवार बिहान ९:०० बजे अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

चिनियाँ राजदूतावासको पहलमा मेडिकल सामाग्री ढुवानीका लागि एयरफोर्सको जहाजमार्फत् कार्गो उडान भएको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

उनका अनुसार आइ १७६ जहाज अन्य जहाजको टेक अफ क्षमता तुलनामा दोब्बर हुने गर्छ। उनका अनुसार यो जहाजको म्यक्सिमम टेक अफ वेट एक लाख ९० हजार किलो रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell